काठमाडाैं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा आज सार्वजनिक बिदा दिएको हुँदा नेप्से पनि बन्द हुने भएको हो ।
आज शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था पनि बन्द हुनेछन् ।
सोमबारदेखि शेयर बजारसहित बैंक तथा वित्तीय संस्था नियमित समयमै खुल्नेछन् ।