images
images

असोजको बाढीपहिरोबाट पीडित ४२ % बीमितले पाए भुक्तानी


  • 350
    SHARES
  • २०८१ मंसिर २९ गते शनिबार

    असोजको बाढीपहिरोबाट पीडित ४२ % बीमितले पाए भुक्तानी

    काठमाडौं । असोज दोस्रो साताको बाढी पहिरोबाट पीडित ४० प्रतिशत बीमितले भुक्तानी पाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १५१४ जनाले भुक्तानी पाएका हुन् । 

    अहिलेसम्म ३५४९ जनाले बीमा मागदाबी गरेका थिए । अहिलेसम्म भुक्तानी पाएका बीमितको सङ्ख्या ४२.६६ प्रतिशत हो । 

    हालसम्म बाढी पहिरोबाट भएको क्षतिमा बीमितले १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको मागदाबी गरेका छन् । त्यसमध्ये १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी भएको छ । यो ९.६३ प्रतिशत बराबर हो । 

    सङ्ख्याको आधारमा हालसम्म कृषि बीमा गर्नेले सबैभन्दा धेरै भुक्तानी पाएका छन् । यो अवधिसम्म कृषि बीमाका १३६ जनाले मागदाबी गरेकोमा ११६ जनाले भुक्तानी पाइसकेका छन् । यो शीर्षकमा एक करोड ४ लाखको मागदाबी भएकोमा ७२ लाख ६१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । 

    सङ्ख्याको आधारमा सबैभन्दा धेरै सम्पत्ति बीमामा ६५१ जनाले भुक्तानी पाएका छन् । यस अन्तर्गत १७२५ जनाको मागदाबी परेको थियो । यस्तै मोटर बीमामा ८९४ जनाको मागदाबी परेकोमा ४६५ जनाले भुक्तानी पाएका छन् ।


    images
    images

    Logo