images
images

सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर


  • 423
    SHARES
  • २०८१ मंसिर २९ गते शनिबार

    सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

    सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भई विराटनगरमा बसोबास गर्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिकाका लक्ष्मण साह, सचिव धनपालथानका आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथानका शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

    लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन् ।

    उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।


    images
    images

    Logo