images
images

३३ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


  • 328
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    ३३ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से, यस साताको बुधबार अर्थात हिजो करिब ४६ अंक बढेपनि यस दिन पुनः घटेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अंकले घटेर २ हजार ६ सय ८२ दशमलव २९ विन्दुमा पुगेको छ ।  आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ६ अर्ब १४ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    विहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ४० कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ४ कम्पनीको शेयर मुल्य घटेको छ । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

     

     


    images
    images

    Logo