images
images

राधी विद्युतले हकप्रद शेयर जारी गर्ने


  • 420
    SHARES
  • २०८१ मंसिर २७ गते बिहीबार

    राधी विद्युतले हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो।

    मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २८ लाख ५२ हजार ६ सय २६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात सो प्रस्ताव साधारण सभामा पेश गरिने कम्पनीले बताएको छ।

     


    images
    images

    Logo