images
images

४५ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो


  • 348
    SHARES
  • २०८१ मंसिर २६ गते बुधबार

    ४५ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अंकले बढेर २ हजार ७ सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ५ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २ सय ११ कम्पनीको शेयर मूल्य बढेको छ । २९ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन बैंकिङ्ग उपसमूह बढेसँगै नेप्से परिसूचक बढ्न पुगेको हो। १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.३४ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३६ करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिभरफल्स पावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ।

    यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo