काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले साधारणसभा बाेलाएकाे छ । कात्तिक १० गते बसेको सञ्चालक समितिको १२१ औं बैंठकले कम्पनीको आठौं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभा मंसिर १० गते बुटवलमा हुनेछ । उक्त साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन हायने ७ करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.(५२६३ प्रतिशतका दरले हुन आउने ३८ लाख ५२ हजार रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
उक्त साधारणसभा प्रयोजनका लागि संस्थाले कात्तिक ३० गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । यस अनुसार कात्तिक २९ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा सहभागि हुन पाउनेछन् ।



