काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले गरिमा समृद्धि योजना निष्काशनमा ल्याउन लागेको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
सो फण्डको इकाईका लागि पुस ७ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ।



