काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ५५.५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बढेर २ हजार ८ सय ३७ दशमलम ६२ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८७ वटा कम्पनीको ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख कित्ता शेयर कारोबार भएको छ । १६२ वटा कम्पनीको शेयर मुल्य बढ्दा २३ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
विकास बैंकको शेयर मुल्य ६ प्रतिशतले बढेको छ, ट्रेडिङ, हाइड्रोपावर होटल एण्टड टुरिजम ५ प्रतिशत, निर्जीवन बीमा कम्पनी, ४ प्रतिशत र इन्भेष्टमेण्ट र फाइनान्स कम्पनी ३ प्रतिशतले बढेका छन् ।
बैंकको शेयर मुल्य घटेको छ भने हाइड्रोपावर र होटल एण्ड टुरिजम ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, इन्भेष्टमेण्ट, लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ ।
बजार बढेसँगै आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक ३१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, रैरङ हाइड्रोपावर, साहस उर्जा, चन्द्रागिरि हिल्स रकामना सेवा विकास बैंक आदि कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज मुल्य घट्ने कम्पनीहरुमा एभेष्ट बैंक, बेष्ट फाइनान्स, ग्लोबल आईएमइ बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक कृषि विकास बैंक आदि रहेका छन् ।



