काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १५ लाख ऋणपत्र सूचीकृत भएको छ ।
ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
कात्तिक १४ उक्त बैंकले नेपाल स्टक एक्चेन्ज नेप्सेमा ऋणपत्र सूचीकृत गराएको हो । सुचीकरणसँगै सो ऋणपत्र दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
९ प्रतिशत ज्योति विकास बैंक डिबेन्चर २०८७ को अंकित मुल्य १ हजारको दरले १५ लाख कित्ता बिक्री गरेको थियो ।