images
images

मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन


  • 374
    SHARES
  • २०८१ मंसिर २५ गते मंगलबार

    मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

    उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

    मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।  यो एक बन्दमुखी योजना हो।


    images
    images

    Logo