काठमाडौं । साताको पहिलो दिन आईतबार शेयर बजार बढेको छ । बजार खुलेको १ घण्टामा नेपाल स्टक एक्सचेन्ज नेप्से आज २६.७२ अंकले बढेको हो ।
बजार बढे संगै साहस उर्जा कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
एभसेष्ट बैंकको सर्वाधिक १४ करोड ६३ लाख कित्ता शेयर कारोबार भएको छ ।
यो अवधिमा कारोबारमा आएका १५० वटा कम्पनीको मुल्य बढेको छ ३० वटा कम्पनीको मुल्य घटेको छ भने ४ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।