images
images

लिबर्टी माइक्रो लाइफले आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति


  • 350
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    लिबर्टी माइक्रो लाइफले आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।

    धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

    लिबर्टी माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।


    images
    images

    Logo