images
images

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ६२ करोड


  • 361
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ६२ करोड

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा पुगेको छ ।  आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ९२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड २७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब २८ करोडको शेयर किनबेच भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। यस दिन जोशी हाइड्रोपावरको करिब साढे १२ करोडको शेयर खरिदबिक्री भएको छ।

    यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६.११ प्रतिशत बढेको छ। 


    images
    images

    Logo