images
images

४४ लाख १० हजार पुग्याे व्यक्तिगत करदाताको सङ्ख्या


  • 343
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    ४४ लाख १० हजार पुग्याे व्यक्तिगत करदाताको सङ्ख्या

    काठमाडौं । मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका लागि दर्ता भएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार ४४६ पुगेको हो । जुन कुल जनसङ्ख्याको १५.१२ प्रतिशत हुन आउँछ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकसम्मको उक्त विवरण अनुसार साउनदेखि असोजसम्मको अवधिमा एक लाख ६१ हजार ७१४ जना व्यक्तिगत करदाता थपिएका छन् । थपिएको उक्त सङ्ख्यासँगै व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख नाघेको हो ।


    images
    images

    Logo