काठमाडौं । दुई वटा कम्पनीले लाभांंशको घोषणा गरेका छन् । सूर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
सूर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरी कुल १३.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा कम्पनीको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्।



