काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.५० प्रतिशत लाभांशको घोषणा गरेको छ ।
बैंकको कात्तिक १२ बसेको सञ्चालक समितिको २६० बैठकले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्चा पूँजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश दिने लिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित पछि वितरण हुनेछ ।