images
images

एनएमबि बैंकको १५.८ प्रतिशत लाभांश घोषणा


  • 413
    SHARES
  • २०७८ कार्तिक १४ गते आइतबार

    एनएमबि बैंकको १५.८ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले १५.८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.५  प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश दिने लिने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित पछि वितरण हुनेछ । 

    हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । १२.५ प्रतिशत बोनस शेयर पछि र्बैकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ पुग्नेछ। 

     

     

     

     

     


    images
    images

    Logo