images
images

एसियन कंक्रिटोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ


  • 341
    SHARES
  • २०८१ मंसिर २४ गते सोमबार

    एसियन कंक्रिटोले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

    काठमाडौं । एसियन कंक्रिटोले निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

    आईपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एसियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनीष रुंगटा तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन्। 

    आईपीओ ल्याउन लागेको कम्पनीका सञ्चालकहरु गौरव अग्रवाल, राजेश जाटिया, राजेशकुमार अग्रवाल र कम्पनीका सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष श्यामल झाको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    एसियन कंक्रिटोले नेपालको निर्माण उद्योगमा उत्कृष्टता प्रमाणित गर्दै सबैभन्दा रुचाइएको नाम बन्न सफल भएको छ। उत्कृष्ट कच्चा मालको प्रयोगदेखि असाधारण जर्मन टेक्लोलोजीको साथ उत्पादित प्रत्येक ब्लकहरु चाहे निर्माणको कुरामा होस् या त डिजाइन र आकारको सन्दर्भमा होस् उच्च गुणस्तरको रहेका छन्।

    नेपालदेखि भारतमा समेत आफ्नो बलियो व्यापारिक सञ्जाल फैलाउन सफल कम्पनीको ल्यान्डस्केफिङ उत्पादनहरु जस्तै पेभर, ब्लक, इटृा र टाइलहरुको खोजीमा रहेकालाई एसियन कंक्रिटो सही रोजाइ हुन सक्ने कम्पनीले जनाएको छ।


    images
    images

    Logo