काठमाडौं । साताको पहिलो दिन नै नेप्से ४५.९३ अंकले घटेको छ । बिहीबार १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा पुगेको नेप्से आज थप ४५.९३ अंकले घटेर २६८९ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४४ कम्पनीहरुमध्ये २७ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने २१४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीहरुको शेयरमूल्य भने आज स्थिर रहेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ ।
घटेको बजारमा खानीखोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । आज ४ कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशत तथा सामुदायिक लघुवित्तको शेयरभाउ ९.९७ प्रतिशतले घटेको छ।
आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।



