काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंकबीच कार्त्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।
गरिमा विकास बैंकले सहारा विकास बैंक लाई प्राप्ती गरेपछि गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई एक्वीजिसनका लागि कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते बाट नै अन्तिम स्वीकृति दिएको थियो । बैंकको स्वीकृति पाएसँगै बैंकले कात्तिक २८ गतेदेखि एकीकृत कारोबारको गर्न लागेको हो ।