images
images

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले थाल्यो प्रक्रिया


  • 412
    SHARES
  • २०७८ कार्तिक १३ गते शनिबार

    नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले थाल्यो प्रक्रिया

    काठमाडौं। अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया सुरु गरेको छ । मन्त्रालयद्वारा गठित सिफारिस समितिले १५ दिनको समय दिएर योग्य व्यक्तिसँग आवृदन माग गरेको हो । 

    सवोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको राजीनामापछि नेप्से नेतृत्वविहीन छ । साउदको राजीनामा यसअघि नै स्वीकृत भइसके पनि सोही प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको छानबिन किनारा नलागेका कारण यो नियुक्ति प्रक्रिया अल्झिएको थियो । 
      
    सीईओ बन्नका लागि योग्य हुन व्यवस्थापन, कानुन, चार्टर्ड एकाउन्टेन्ट लगायत विषयमा स्नातकोत्तर उतीर्ण गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । सो पदका लागि ३० देखि ६० वर्ष उमेर समूहका नेपाली नागरिक योग्य हुनेछन् । 

    समितिले प्राप्त आवेदनउपर अध्ययन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरण समेतका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छ । त्यसमध्ये एक जनालाई सीईओ पदमा नियुक्त गर्ने व्यवस्था छ । 


    images
    images

    Logo