images
images

सातामा १३ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 455
    SHARES
  • २०८१ मंसिर २२ गते शनिबार

    सातामा १३ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से १३.१२ अंक घटेर २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा झरेको छ । यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो। यस साताको सोमबार र मंगलबार नेप्से बढेको थियो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.४४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ३६ अर्बमा झरेको छ।

    १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १९.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। 

    साताको पहिलो दिन आइतबार ९.९९ अंकले घटेर २ हजार ७ सय ३८ दशमलव ६ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब ७४ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो । सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ४ विन्दुमा पुगेको थियो । सो दिन १० अर्ब ४१ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार १७.८० अंकले बढेर २ हजार ७ सय ७५ दशमलव ८५ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब ४१ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो । बुधबार २४.९७ अंकले घटेर २ हजार ७ सय ५० दशमलव ८७ विन्दुमा पुगेको थियो । सो दिन ९ अर्ब ६ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, साताको अन्तिम दिन विहीबार १५.९३ अंकले घटेर २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा पुगेको थियो । सो दिन ८ अर्ब २७ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो ।

    यस साता चार कम्पनीको १ करोड ७९ लाख ८२ हजार ९ सय ३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर र सिईडिबी होल्डिङ्गस लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo