images
images

३५ लाख ३८ हजार कित्ता आईपीओ जारी गर्दै युनियन मेवा हाइड्रो


  • 511
    SHARES
  • २०८१ मंसिर २१ गते शुक्रबार

    ३५ लाख ३८ हजार कित्ता आईपीओ जारी गर्दै युनियन मेवा हाइड्रो

    काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार ५ सय—रकम बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

    उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।

    युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।


    images
    images

    Logo