images
images

सनराइज क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, ४०% नगद लाभांश पारित 


  • 446
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    सनराइज क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, ४०% नगद लाभांश पारित 

    काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंं शुक्रबार सम्पन्न भएको हो । 

    उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदनपारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सानहिसाबतथानगदप्रवाहविवरण लगायतकावार्षिक वित्तीयविवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिमचुक्तापूँजीको ४०प्रतिशत(कर सहित) का दरले हुनआउने ८ करोड रुपैयाँ  नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    नेपालको प्रथममर्चेन्ट बैंकका रुपमा स्थापनाभएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्य समेत सक्रिय रुपमा संचालन गर्दै आमलगानीकर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवाप्रदान गर्दै आईरहेको छ ।

    साथै यस क्यापिटललेहाल सन्राइजम्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्डतथा सन्राइजब्लुचिप फण्ड योजनाहरुसंचालनगर्दै आईरहेकोे छ । सन्राईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७÷०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफलवितरण गरिसकेको छ । 

    साथै निकट भविष्यमा यस कम्पनीले सन्राइजफोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिकलगानी कोष योजना संचालनगर्ने प्रक्रियामा रहेको छ । यस संस्थाले आगामि वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउंदै लगिने जनाएको छ ।

     


    images
    images

    Logo