images
images

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट


  • 302
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएका छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अंकले घटेर २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको १ करोड ६७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोडको शेयर किनबेच भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ०।७९ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने विपकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशत बढेको छ भने मानुषी लघुवित्तको शेयरमूल्य ९.८१ प्रतिशत बढेको छ। 


    images
    images

    Logo