images
images

मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईमा आजदेखि आवेदन दिन सकिने


  • 389
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

    उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

    मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। १

     

     

     


    images
    images

    Logo