images
images

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 347
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

    सूर्यज्योति र एनआरएनले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर २१ गते बुकक्लोज गर्दैछन् भने फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते, शनिबार, बिग होटल, विराटनगरमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    यता एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। त्यसैगरी, कम्पनीले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशनको लागि सभामा प्रस्ताव पेश गर्ने भएको छ।

    कम्पनीले आगामी १२ औं वार्षिक साधारण सभा पुस १२ गते, शुक्रबार बिहान ९ बजे बोलाएको छ। सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा बोलाइएको हो।

    त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।


    images
    images

    Logo