काठमाडौं । लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ । सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो ।
हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन् ।
सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जले जानकारी दिएकाे छ ।
एयरलाइन्सका अनुसार सुर्खेत-सिमिकोट ८ हजार, सुर्खेत-रारा ६ हजार ५ सय र सुर्खेत-जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।