काठमाडौं । चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपी पावर र सीएचडीसी रहेका छन् ।
बुधबार एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापतको १ करोड १७ लाख ६७ हजार ९ सय ३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापतको २२ लाख ९६ हजार ८ सय १५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, अपी पावरको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २ सय ९८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सीएचडीसीको ११ प्रतिशत बोनस बापतको १० लाख २४ हजार ९ सय १९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यी चार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।



