images
images

२४ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


  • 298
    SHARES
  • २०८१ मंसिर १९ गते बुधबार

    २४ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । आज कारोबारमा आएका २४.९७ अंकले घटेर २ हजार ७ सय ५० दशमलव ८७ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन्।

    आज सबैभन्दा धेरै जोशी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज खानीखोला हाइड्रोपावरको  शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।  जोशी हाइड्रोपावरको  शेयर मूल्य ९‍.९८ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन रिभर फल्स पावर, इंगवा हाइड्रोपावर र स्वाभिमा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 


    images
    images

    Logo