काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बुधबार दुई देशबीच हस्ताक्षर भएको हो ।
फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको छ ।
उक्त फ्रेमवर्कमा सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजना छन् ।
टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन परियोजनामा राखिएको छ ।
काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स पनि परियोजनामा परेका छन् ।
सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ ।



