images
images

उन्नती सहकार्य लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ?


  • 474
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    उन्नती सहकार्य लघुवित्तको आकर्षक लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

    लघुवित्तको शुक्रबार सञ्चालक समितिको १७३ बैठकले संस्थाको आर्थिक वर्ष ०७७र७८ को असार मसान्तका सञ्चित मुनाफा एवम् वितरण योग्य पुँजीगत जगेडा कोष बाट शेयरधनीहरुलाई ३२ प्रतिशत बोनस शेयर अर्थात  हाल कायम भएको चुक्ता पुँजीको ३२ प्रतिशतका दरले हुन आउने ​५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।  

    उक्त प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ रुपैयाँ रहेको छ । ३२ प्रतिशतका दरले हुन आउने ५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार रुपैयाँ पुग्नेछ 


    images
    images

    Logo