काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।
वित्तीय संस्थाले संस्थापक समुहको ५ लाख ७१ हजार ५ सय १९ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।
कम्पनीले उक्त शेयरको न्युनतम मुल्य ४ सय ५० रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्ने पर्नेछ । सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति कम्पनी, संघ संस्थाहरुले कात्तिक २३ गते मंगलबार भित्र शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदका लागि न्युनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संङ्ख्याको लागि कुनै हद लाग्ने छैन ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडरहेको छ ।