काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई लघुवित्तको शेयर मुल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार शुक्रबार आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको हो ।
आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । लघुवित्तको प्रति शेयर मुल्य १ हजार ५ सय १९ दशमलव ९२ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १ हजार ५ सय ९० रुपैयाँमा भएको थियो ।
यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयरपछिको शेयर मुल्य समायोजन भएको हो। लघुवित्तको प्रति शेयर मुल्य १ हजार २ सय ७२ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १ हजार ५ सय ९० रुपैयाँमा भएको थियो ।