images
images

मध्य भोटेकोशीकाे आईपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?


  • 543
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    मध्य भोटेकोशीकाे आईपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार बिहान आईपीओ बाँडफाँट भएको हो । 

    सो कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणको लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर जारी गरेको थियो।

    उक्त कम्पनीको आईपीओमा ८ लाख १९ हजार आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका हुन् । भने आवेदन दिने बाँकीको हात खाली भएको छ । 

    कम्पनीको आईपीओका लागि २३ लाख ९० हजार २ सय १८ जनाले आवेदन दिएका थिए भने आवेदन दिएका ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको थियो ।    

    लगानीकर्ताले बिक्री प्रबन्धक  ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । 


    images
    images

    Logo