images
images

उडान अनुमति नलिएपछि गौतमबुद्ध विमानस्थलबाट कतार एयरवेजको उडान रोकियो


  • 335
    SHARES
  • २०८१ मंसिर १८ गते मंगलबार

    उडान अनुमति नलिएपछि गौतमबुद्ध विमानस्थलबाट कतार एयरवेजको उडान रोकियो

    काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि एयरवेजले अनुमति नलिदा उडान रोकिन पुगेको हो ।

    एयरवेजले गत कार्तिक २७ गते देखि वाइडबडी विमान एयरबस ३३० बाट दैनिक दोहा भैरहवा काठमाडौं दोहा रुटमा व्यवसायिक उडान सुरु गरेको थियो ।

    कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । 

    भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको प्राधिकरणले जनाएकाे छ ।

    हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स,जजिरा एयरवेज,फ्लाई दुबई र थाई एयर एशियाले नियमित उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कतार एयरवेजले काठमाडौं भन्दा भैरहवादेखि दोहा (कतार) को हवाई भाडा निकै महंगाे गरेको थियो । 


    images
    images

    Logo