images
images

स्थानीय तह उपनिर्वाचन : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो, कहाँ कसले जिते ?


  • 426
    SHARES
  • २०८१ मंसिर १८ गते मंगलबार

    स्थानीय तह उपनिर्वाचन : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो, कहाँ कसले जिते ?

    काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइसकेको छ । निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ ।

    माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ ।

    सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) भने एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।

    कांग्रेस विजयी- १७

    कृष्णमान डङ्गोल, कीर्तिपुर नगरपालिकाको प्रमुख
    नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
    तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
    शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
    समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
    इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
    राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
    अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
    आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
    भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
    अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
    खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
    मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
    धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
    मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
    धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
    प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

    माओवादी केन्द्र विजयी- १०

    देवकी तिमिल्सिना, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष
    भरत घिमिरे, उदयपुरको बेलका नगरपालिका–९ वडाध्यक्ष
    नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
    सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
    कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
    विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
    जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
    नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
    देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
    नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

    एमालेबाट निर्वाचित- ८

    उमा लुङ्गेली मगर शेर्पा, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष
    कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
    गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
    सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
    मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
    लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
    जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
    सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

    जसपा नेपाल विजयी- २

    धीरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
    देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

    राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

    रोजिना श्रेष्ठ, काठमाडौं-१६

    एकीकृत समाजवादी विजयी

    बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

    नेमकिपा विजयी

    खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

    स्वतन्त्र विजयी

    लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा


    images
    images

    Logo