images
images

बढेरै बन्द भयो बिहीबारको बजार, तीन दिनमा १४२ अंकको उछाल, किन बढ्दैछ मूल्य?


  • 815
    SHARES
  • २०७८ कार्तिक ११ गते बिहीबार

    बढेरै बन्द भयो बिहीबारको बजार, तीन दिनमा १४२ अंकको उछाल, किन बढ्दैछ मूल्य?

    काठमाडौं । साताको अन्तिम दिन बिहीबार समेत शेयर बजार परिसूचक नेप्से बढेको छ । ३ दिनदेखि उच्च रुपमा बढ्दै आएको नेप्से परिसुचकमा बिहीबार १२ अंकको वृद्धि भएको हो । यो दिन ५ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज बजारमा १ सय ८७ कम्पनीको कारोबार हुँदा १ सय १३ कम्पनीको मूल्य बढेको छ । ७१ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । 

    उच्च रुपमा बढेको बजारमा आज ३ वटा कम्पनीको शेयरमा ९ प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ । त्यसरी वृद्धि हुने कम्पनीमा रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनर रहेका छन् । 

    आज बजार बढे पनि बैंकिङ र होटल, व्यापारमूलक, जीवनबीमा र म्युचुअल फण्ड उपसमूहका कम्पनीको अवस्था निराशाजनक रह्यो । आज पनि सर्वाधिक कमाउने उपसमूह हाइड्रोपावर नै बन्यो । 

    पछिल्लो ३ दिनमा मात्रै नेप्सेले १ सय ३९ अंकको उचाई हासिल गरेको छ । यो उचाइबाट शेयर बजारले झन्डै सवा खर्ब रुपैयाँको सम्पत्ति बढेको छ । यसरी बजार बढ्नुको कारण भने खासै केही देखिएको छैन ।

    तर, विगतको उच्च गिरावट र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकिँदै गर्दा विद्यमान शेयर कर्जा नीति संशोधन हुने विश्वासबीच लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ ।


    images
    images

    Logo