काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा नेशनल लघुवित्त र ङादी ग्रुप पावर रहेका छन् ।
नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३ सय ५५ रुपैयाँ ८० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ५ सय ४९ रुपैयाँमा भएको थियो ।
ङादी ग्रुप पावर १०० प्रतिशत हकप्रद बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ८९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ७८ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा मंगलबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



