काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको साधारण शेयर सुचीकृत भएको छ । बिहिबार नेप्सेमा साहस उर्जा र तेह्रथुम पावर कम्पनीको शेयर सुचीकृत भएको हो ।
साहस उर्जा कम्पनीको ३ करोड ३५ लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । सुचीकृत भएसँगै आइतबार यी दुई कम्पनीको शेयर कारोबार हुनेछ ।
सो कम्पनीको कारेबारको लागि नेप्सेले १३५.११ रुपैयाँ देखि ४०५.३३ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।
तेह्रथुम पावर कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ८४.७४ रुपैयाँ देखि २५४.२२ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।