images
images

नेरुडे लघुवित्तकाे १ लाख कित्ता शेयर लिलाम बिक्री गर्दै प्राइम कमर्सियल बैंक


  • 337
    SHARES
  • २०७८ कार्तिक ११ गते बिहीबार

    नेरुडे लघुवित्तकाे १ लाख कित्ता शेयर लिलाम बिक्री गर्दै प्राइम कमर्सियल बैंक

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलामीका लागि खुला भएको छ ।

    प्राइम कमर्सियल बैंक लिमिटेड आफ्नो स्वामित्वमा रहेको उक्त लघुवित्तको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । 

    नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार ५ सय  कित्ता संस्थापक शेयरका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आजदेखि बिक्री खुला गरेको हो ।

    लघुवित्त को न्युनतम मुल्य १ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्नका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै शेयरका लागि आवेदन दिन सक्नेछन्।

    इच्छुुक व्यक्तिले कात्तिक २३ गतेदेखि मंसिर १ गतेसम्म सानिमा क्यापिटलमा आवेदन दिन सक्नेछन्।

     

     


    images
    images

    Logo