काठमाडौं । एनआईबीएल एस क्यापिटल ले दुई वटा कम्पनीको २ लाख कित्ता संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला गर्ने भएको छ ।
ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको को संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला गर्ने भएको हो ।
एनआईबीएल एस क्यापिटलले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।
ज्योति विकास बैंकको १ लाख ८१ हजार ४ सय ७० कित्त्ता र मञ्जुश्री फाइनान्सको ९२ हजार १ सय ६६ कित्ता संस्थापक शेयर लागि प्रबन्धक एनआइबीएल क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो ।
ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सका को शेयरका लागि न्यूनतम १००० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ज्योति विकास बैंकको शेयर मुल्य १५० रुपैयाँ र मञ्जुश्री फाइनान्सको शेयर मुल्य २५० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुुक व्यक्तिले कात्तिक १७ गते सम्म एनआईबीएल एस क्यापिटलमा आवेदन दिन सक्नेछन्।



