images
images

निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी, १५ दिनभित्रै भुक्तानी गर्ने मन्त्रीको प्रतिवद्धता


  • 421
    SHARES
  • २०८१ मंसिर १६ गते आइतबार

    निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी, १५ दिनभित्रै भुक्तानी गर्ने मन्त्रीको प्रतिवद्धता

    काठमाडौं । सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम ३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हालसम्मको निर्माण व्यवसायीको ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका हुन् । 

    आइतबार मन्त्रालयको पत्रकारसँग भएको छलफलमा बोल्दै उनले हालसम्म ५ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भएको बताएका छन् । 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १५ दिनभित्र मन्त्रालय अन्तर्गतका ठेक्काका आयोजना निर्माणको भुक्तानी गर्ने बताएका छन् । मन्त्री दाहालले आगामी १५ दिनभित्र सम्पूर्ण भुक्तानी गरिसक्ने दाबी गरे ।

    मन्त्रालय मातहतका ठेक्का लागिसकेर अघि बढेको आयोजनाको भुक्तानी निर्माण व्यवसायीले पाउन सकेका छैनन् ।


    images
    images

    Logo