images
images

गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० मा, बुक क्लोज कहिले ?


  • 496
    SHARES
  • २०७८ कार्तिक ११ गते बिहीबार

    गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० मा, बुक क्लोज कहिले ?

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा गर्ने भएको छ । कात्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको १७७ औं बैठकले कम्पनीको एघारौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

    कम्पनीको उक्त साधारणसभा मंसिर १० गते शुक्रबार कम्पनीको प्रधान कार्यालय श्री राज भवन तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुँदैछ । 

    सो साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको ५.५००४४७१  प्रतिशत अर्थात १० करोड ८६ लाख ६५ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.२८९४९५६६ प्रतिशत अर्थात ५७ लाख १९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । 

    साथै कम्पनीको सो साधारणसभामा लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष ०७६ असार मसान्तको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण अनुमोदन तथा छलफल गर्नेछ । 

    उक्त साभारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते देखि मंसिर १० गते सम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने भएको छ । जसअनुसार कात्तिक २२ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र सो साभारणसभामा सहभागि हुन पाउनेछन् ।


    images
    images

    Logo