काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ .०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बुधबार बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १४९ औं बैठकले सो निर्णय गरेको हो ।
कम्पनीका अनुसार शेयरधनीहरुलाई २० प्रतिशत बराबरको ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र १.०५३ प्रतिशत बराबरको ४२ लाख ६१ हजार रुपैयाँ बराबरको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने भएको हो । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।
हाल संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले हुन आउने ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।



