images
images

गणपती लघुवित्तकाे २० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?


  • 317
    SHARES
  • २०७८ कार्तिक ११ गते बिहीबार

    गणपती लघुवित्तकाे २० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौ । गणपती लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

    लघुवित्तले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । 

    बुधबार बसेको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको ८७ औं बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीका अनुसार शेयरधनीहरुलाई १९ प्रतिशत बराबरको २ करोड ४१ लाख ९७ हजार रुपैयाँ बोनस शेयर र १ प्रतिशत बराबरको १२ लाख ७३ हजार रुपैयाँ बराबरको कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने भएको हो । यो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 

    हाल संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको छ । १९ प्रतिशतका दरले हुन आउने २ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी १५ करोड १८ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।


    images
    images

    Logo