काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। होटलले हालकायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार होटलले हाल कायम १० कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। मंसिर १४ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
बैठकले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।