काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने भएको छ । कात्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको १३३ औं बैठकले कम्पनीको चौथो साधारणसभा गर्ने निर्णय गरेको हो ।
संस्थाको उक्त साधारणसभा मंसिर ५ गते आइतबार धरान व्याकेट एण्ड इभेन्ट म्यानेजमेण्ट प्राली धरान सुनसरीमा हुँदैछ ।
सो साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको ५.४१ प्रतिशत अर्थात ९ करोड ४१ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
उक्त साभारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते एक दिनका लागि शेयरधनी किताब खाता बन्द गर्ने भएको छ । जसअनुसार कात्तिक २२ गते सम्म कायम भएका शेयरधनीहरुले संस्थाले सिवतरण गर्ने लाभांश र सो साभारणसभामा सहभागि हुन पाउनेछन् ।