images
images

शेयरबजार १९ अंकले बढ्यो, नबिल बैंकको सर्वाधिक कारोबार


  • 310
    SHARES
  • २०७८ कार्तिक १० गते बुधबार

    शेयरबजार १९ अंकले बढ्यो, नबिल बैंकको सर्वाधिक कारोबार

    काठमाडौं । बुधबार शेयर बजार १९.९२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बढेर २ हजार ७ सय ७० दशमलम ९९ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८७ वटा कम्पनीको ६ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर कारोबार भएको छ । १११ वटा कम्पनीको शेयर मुल्य बढ्दा ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    विकास बैंक हाइड्रोपावर र होटल एण्ड टुरिजम कम्पनीको मुल्य घटेको छ भने बैंक ट्रेडिङ। फाइनान्स, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, इन्भेष्टमेण्ट, लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ । 

    बजार बढेसँगै नबिल बैंकको सर्वाधिक ४३ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    बेष्ट फाइनान्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, गरुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था,गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, राधि विद्युत्त कम्पनी, मितेरी डेभलपमेण्ट बैंक, साधना लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयर मुल्य बढेको हो । 

    आज मुल्य घट्ने कम्पनीहरुमा रैरङ हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, सिङगटी पावर डेभलपमेण्ट, हिमालयन पावर पार्टनर आदि रहेका छन् । 


    images
    images

    Logo